नेपाल तरूण दलको केन्द्रीय समिति महाधिवेशनद्वारा निर्वाचित हुन्छ।
केन्द्रीय समितिले नेपाल तरूण दलका सबै राष्ट्रिय युवा कार्यक्रम तथा पहलहरूको नीतिगत नेतृत्व गर्दछ।
मनिष कोइराला
केन्द्रीय अध्यक्ष
मनिष कोइराला नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारीमा रहनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयअनुसार पार्टी सभापति गगन कुमार थापाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२(१)(च) बमोजिम उहाँलाई यो पदमा नियुक्ति गर्नुभएको हो। काठमाडौंका कोइराला युवा राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ, र आगामी महाधिवेशनसम्म संगठनलाई नयाँ गति दिने जिम्मेवारी उहाँमा तोकिएको छ।