नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँका मनिष कोइरालालाई नेपाल तरुण दलको केन्द्रीय अध्यक्ष पदमा नियुक्त गर्नुभएको छ। पार्टीको विधान, २०७४ (संशोधन सहित) को धारा ४२ (१) (फ) बमोजिम र गत वैशाख २१ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार यो नियुक्ति गरिएको हो। नवनियुक्त अध्यक्ष कोइरालालाई तोकिएको समयभित्रै तरुण दलको महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारीसहित ९ बुँदे कार्यादेश र कार्यविवरण प्रदान गरिएको छ।